ह्वावेले बीएआईसीसँगको सहकार्यमा सेडान ईभी ल्याउने

  • Technology Khabar | १८ पुष २०८०, बुधबार
ह्वावेले बीएआईसीसँगको सहकार्यमा सेडान ईभी ल्याउने

काठमाडौं ।

ह्वावे–बीएआईसी बीजेईभीको सहकार्यमा पहिलो नयाँ कार मिडियम लार्ज सेडान ईभी आउने भएको छ। कारको प्रोटोटाइप तयार भइसकेको छ र यो २०२४ को मध्यमा सार्वजनिक गरिने कारन्यूजचाइनाले उल्लेख गरेको छ।

बीजेईभी बीएआईसीको न्यू इनर्जी भेहिकल आर्म हो।

ह्वावेका म्यानेजिङ डाइरेक्टर एण्ड स्मार्ट कार सोलुसन युनिटका चेयरम्यान यु चेङडोङले ह्वावेले चार ईभी ब्राण्डसँग सहकार्य गरेको बताए। जसमा सेरेस, चेरी, बीएआईसी र जेएसी छन्।

ह्वावेले सेरेससँग आईटो एम९, चेरीसँग लक्सिड एस७, बीएआईसी बीजेईभीसँग सी–क्लास प्योर इलेक्ट्रिक स्मार्ट मेहिकल र जेएसीसँग लक्जरी एमपीभी उपलब्ध गराउँदै आइरहेको छ।

रिपोर्ट अनुसार ह्वावेले बीएआईसी बीजेईभीका लागि स्टेलाटो ट्रेडमार्क हस्तान्तरण गरेको छ। सम्भवता ह्वावे बीएआईसीको सहकार्यको ब्राण्डको अंग्रेजी नाम स्टेलाटो हुनेछ। यद्यपि, चिनियाँ भाषामा ब्रान्डको आधिकारिक नाम अझै पुष्टि भएको छैन। चीनमा स्टेलाटो भनेको ‘स्टेयरी स्काई’ हो।

प्रकाशित: १८ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार