
काठमाडौं ।
मेटा–स्वामित्वको सामाजिक मिडिया प्लेटफर्म ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई इमेज र भिडियोहरू सहित च्याट हिस्ट्री स्टोर गर्न प्रस्ताव गरिएको निःशुल्क गुगल ड्राइभ स्टोरेज स्पेस समाप्त गर्दैछ।
नयाँ परिवर्तनले गुगल ड्राइभमा स्टोर गरिएको ह्वाट्सएप डाटा चाँडै १५ जीबी स्टोरेज सीमामा गणना गरिनेछ। वा प्रयोगकर्ताहरुले गुगल वान सब्क्रिप्सन विकल्पमा साइन अप गर्नुपर्ने हुनेछ।
नयाँ परिवर्तनको बारेमा गुगलले नोभेम्बरमा यस्तो लेखेको थियो, ‘‘महत्वपूर्ण हेड अपको रूपमा, एन्ड्रोइडमा ह्वाट्सएप ब्याकअपहरू चाँडै नै गुगल अकाउन्ट क्लाउड स्टोरेज सीमामा गणना गर्न थाल्नेछ। जसरी अन्य मोबाइल प्लेटफर्महरूमा ह्वाट्सएप ब्याकअपहरू ह्यान्डल गरिन्छ। यो परिवर्तन डिसेम्बर २०२३ मा सुरु हुने ह्वाट्सएप बीटा प्रयोगकर्ताहरूमा सुरु हुनेछ, त्यसपछि क्रमशः अर्को वर्षको सुरुमा एन्ड्रोइडमा सबै ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि रोलआउट हुनेछ।’
ह्वाट्सएपले नयाँ परिवर्तनहरु २०२४ मा सबै प्रयोगकर्ताहरुलाई रोल आउट गर्न सुरु गर्ने बताएको लाइभमिन्टले उल्लेख गरेको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई घण् दिन पहिले व्हाट्सएप सेटिङ श्र च्याटश्र च्याट ब्याकअपमा ब्यानरको साथ सूचित गर्न थाल्नेछ।
गुगल वानको सब्क्रिप्सन नलिई ह्वाट्सएप स्टोरेज व्यवस्थापन गर्ने तरिका
१५ जीबी स्टोरेज सीमा नाघेका ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि स्पष्ट विकल्प भनेको गुगल वान सब्क्रिप्सन लिनु हो। कम्पनीले अझै पनि आफ्ना ग्राहकहरूलाई यी फाइलहरू एन्ड्रोइड डिभाइसबीच स्थानान्तरण गर्ने क्षमता प्रदान गरिरहेको छ।
उदाहरणका लागि गुगल अकाउन्टमा आफ्नो व्हाट्सएप च्याटहरू भण्डारण गर्न इच्छुक नभएका प्रयोगकर्ताहरूले नयाँ एन्ड्रोइडमा सर्दा मात्र ह्वाट्सएप च्याट ट्रान्सफर सुविधा प्रयोग गर्न सक्छन्।
प्रकाशित: १८ पुष २०८०, बुधबार