
काठमाडौं ।
सन् २०२४ को एप्पलको आईफोन लाइनअपमा साईज सिफ्ट (आकार परिवर्तन) हुने चर्चा बाहिरिएको छ। त्यसैले अब आईफोन १६ प्रो मोडलहरूले आफ्नो पूर्ववर्तीहरूको तुलनामा ठूला डिस्प्लेहरू प्राप्त गर्ने भएको उल्लेख छ।
आईफोन १६ प्रो र प्रो म्याक्समा क्रमशः लगभग ६.३ इन्च र ६.९ इन्चको डिस्प्ले समावेश गरिने एक विश्वसनीय स्रोतहरूलाई उदृत गर्दै गीज्मोचाइनाले रिपोर्टमा भनेको छ। हालको आईफोन १५ प्रो र प्रो म्याक्समा भने क्रमशः ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले रहेका छन्।
यसले आईफोन १५ प्रो र प्रो म्याक्समा हालको ६.१ इन्च र ६.७ इन्च डिस्प्लेबाट उल्लेखनीय वृद्धिलाई प्रतिनिधित्व गर्दछ।
दुबै प्रो मोडलहरू सन् २०२३ आफ्ना समकक्षहरू भन्दा थोरै अग्लो र फराकिलो हुनेछन् भने समान थिकनेस (मोटाई) कायम राख्ने उल्लेख गरिएको छ।
सन् २०२४ को एप्पलको आईफोन लाइनअपमा हुन गइरहेको यो आकार परिवर्तनमा केही इम्प्लिकेसन्स हुन सक्ने बताइएको छ। लार्ज फर्म फ्याक्टरले एप्पललाई इम्प्रुभ्ड ब्याट्री लाइफ (सुधारिएको ब्याट्री जीवन) को लागि ठूला ब्याट्रीहरू समावेश गर्न अनुमति दिन सक्छ।
त्यसका साथै वृद्धि गरिएको डिस्प्ले एरियाले सम्भावित डिस्प्ले सुधार वा अन्य आन्तरिक अपग्रेडहरूको लागि अवसर प्रदान गर्न सक्ने जनाइएको छ।
यद्यपी यी आकार परिवर्तनहरू हालका लागि प्रो मोडलहरूमा मात्र सीमित गरिएको अफवाहहरु रहेका छन्। साथै स्ट्याण्डर्ड आईफोन १६ र १६ प्लसले भने हालको ६.१ इन्च र ६.७ इन्च डिस्प्लेहरू कायम राख्ने अपेक्षा गरिएको छ।
यद्यपि, एप्पलले सन् २०२५ को आईफोन १७ लाइनअपको स्ट्याण्डर्ड आईफोन मोडलहरूमा ठूलो ६.२७ इन्च र ६.८५ इन्च डिस्प्लेहरू प्रस्तुत गर्न सक्ने अफवाहहरूले सुझाव दिएको छ। त्यसैगरी यसले सबै आईफोनहरूको लागि अग्लो १९.६ः९ एसपेक्ट रेसियोमा परिवर्तन ल्याउन सक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: १७ पुष २०८०, मंगलवार