
काठमाडौं ।
विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध इडियुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ। इडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित हुने भएको छ।
यससँगै विर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु इडियुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ।
यसअघिनै विर अस्पताल विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्द भइसकेको छ। यसै नेटवर्कको सहयोग स्वरुप न्युक्लिएर मेडिसिनका क्षेत्रमा केहि सहकार्यहरु हाल जारी रहेको साथै Asi@Connect को सहयोगमा भिडियो कन्फ्रेन्सिङ उपकरणहरु समेत न्युक्लिएर मेडिसिन विभागले प्राप्त गरिसकेको छ।
विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्वन्धि संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरु बिच एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापित हुने इडियुरोम (eduroam) सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ ।
यस सेवालाई नेपालमा विस्तार र प्रवर्दन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) नामक संस्थाले निःशुल्क रुपमा गर्दै आएको छ।
हाल संस्थाले उपलव्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ वटा विश्वविद्यालय सहित ३० वटा शैक्षिक तथा अुसन्धानमा संलग्न संस्थाहरु जोडिइसकेका जानकारी दिएको छ।
प्रकाशित: १६ पुष २०८०, सोमबार