दूरसञ्चार ऐन संशोधनको तयारी

Technology Khabar १३ पुष २०८०, शुक्रबार

दूरसञ्चार ऐन संशोधनको तयारी
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार ऐन संशोधनको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। उनले २०५३ मा ऐन लागु हुँदा र अहिलेको अवस्थामा फरक आइसकेकाले कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताईन् ।

पछिल्लो समय प्रतिनिधि सभाका तीन विषयगत समितिले उक्त ऐन समयानुकूल हुने गरी संशोधन प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका थिए।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार मन्त्री शर्माले अहिलेको आवश्यकताअनुसार दूरसञ्चार ऐनलाई परिस्कृत गर्ने गरी काम भइरहेको बताईन्।

“अहिलेको आवश्यकता अनुसार उक्त ऐनलाई वैधानिक बनाउने तपाईंहामी सबैको जिम्मेवारी हो। समितिले ऐन बनाउन निर्देशन पनि दिएको छ,” मन्त्री शर्माले भनिन, “मन्त्रालय र दूरसञ्चार प्राधिकरणसँग समेत मिलेर हामीले २०५३ को ऐनलाई संशोधनको प्रक्रिया अघि बढाएका छौँ । यो मन्त्रालयको प्राथमिकताको विषयमा छ।” गोरखापत्रबाट

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया