अध्ययन तथा रोजगारीमा जाने नेपालीलाई ३ दिनभित्र स्मार्ट लाइसेन्स दिईने

  • Technology Khabar | ११ पुष २०८०, बुधबार
अध्ययन तथा रोजगारीमा जाने नेपालीलाई ३ दिनभित्र स्मार्ट लाइसेन्स दिईने

काठमाडौं ।

सरकारले अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र उपलब्ध गराउने भएको छ।

यातायात व्यवस्था विभागले एक सूचनामार्फत तोकिएका नेपालीहरुले छुट्टै पोर्टलमार्फत स्मार्ट लाइसेन्स निवेदन र प्रमाणहरु उपलब्ध गराउनुपर्ने भएको छ।

विभागकाअनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न पुस १५ गतेदेखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने छ।

पोर्टलमार्फत आएका निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ। यसैगरी ‘प्राविधिक समस्या नआएमा’ यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने जनाएको छ।

तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले समेत राखेको छ।

यसको लागि विभागले निवेदकहरुलाई पोर्टलमा राखेको निवेदनको प्रिन्टका साथै उल्लेख गरिएका प्रमाणपत्रहरुको सक्कल समेत साथैमा ल्याउन भनेको छ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।

प्रकाशित: ११ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार