Technology Khabar १० पुष २०८०, मंगलवार
काठमाडौं ।
सरकारले जनतालाई दिने सेवाहरुका लागि गरिने कार्यहरुलाई सूचना प्रविधिमा आधारित बनाईने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा सूचना प्रविधि मैत्री सरकारी सेवा बनाईने घोषणा गरे।
यसका साथै प्रधानमन्त्रीले यस्तै मध्य पहाडी लोकमार्गलाई समेत सूचना महामार्ग बनाउने कार्य शुरु भएको बताए। उनले यसैको शुरुवातका लागि कोशी प्रदेशमा अप्टिकल फाइबर बिछ्याईने कार्य गरिएको उल्लेख गरे।
उनले सरकारी निकायहरुमा एकीकृत सूचना प्रणाली लागू गरिनेसमेत घोषणा गरे।
प्रधानमन्त्रीले यसका साथमा शासकिय सुधार समेत गरिने बताए।
प्रकाशित: १० पुष २०८०, मंगलवार