
काठमाडौं ।
सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न खोजेको विवादित प्रणाली टेरामोसको बारेमा छलफल गर्ने भएको छ।
संसदको सार्वजनिक लेखा समितिले आज टेरामोस वा टेरामोक्स समेत भनिने प्रणालीको औचित्य र यसको विस्तृत उपयोगिताको बारेमा छलफल गर्ने बताईएको छ।
यसको लागि आज समितिले सरोकारबालासहितको बैठक डाकेको छ।
पछिल्लो समय टेलिकम अपरेटरहरुको राजस्वको बारेमा जानकारी दिन भन्दै शुरु गरिएको टेरामोस शुरुवातदेखिनै विवादमा पर्दै आएको छ।
उक्त भ्रष्ट्राचार भएको आशंकामा प्रणालीको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।
प्रकाशित: ११ पुष २०८०, बुधबार