३३ प्रतिशतले घट्यो स्मार्टवाचको आयात, पहिलो पाँच महिनमा साढे १४ करोडको आयात

  • Technology Khabar | ९ पुष २०८०, सोमबार
३३ प्रतिशतले घट्यो स्मार्टवाचको आयात, पहिलो पाँच महिनमा साढे १४ करोडको आयात

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/२०८१ को मंसिरसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार स्मार्टवाचको आयात घटेको देखिएको हो।

गत आव २०७९/८० को मंसिर मसान्तको तुलनामा चालु आवको सोही अवधिमा स्मार्टवाचको आयात ३३.२० प्रतिशतले घटेको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात ७ करोड २५ लाख ७ हजार रुपैयाँले घटेको हो।

चालु आवको पहिलो पाँच महिनामा १४ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ४० यूनिट स्मार्टवाच आयात भएको छ।
गत आव वर्ष २०७९/८० को मंसिरसम्म स्मार्टवाच २१ करोड ८४ लाख १२ हजार रुपैयाँ बराबरको १ लाख ४४ हजार ४६६ यूनिट स्मार्टवाच आयात भएको थियो।

चालु आवमा स्मार्टवाटको आयातबाट सरकारले ४ करोड ५३ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा २१ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट भित्रिने गरेको छ। चीनबाट १२ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख २१ हजार ६२४ युनिट स्मार्टवाच भित्रिएको छ।

भारतबाट ६१ लाख २० हजार रुपैयाँ बराबरको २ हजार ७३३ यूनिट स्मार्टवाच भित्रिएको छ।

बाँकी १९ मुलुकबाट १ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको ६८३ यूनिट स्मार्टवाच भित्रिएको छ।

प्रकाशित: ९ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार