सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको क्यामरा मोड्युलको जानकारी लीक

  • Technology Khabar | ९ पुष २०८०, सोमबार
सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको क्यामरा मोड्युलको जानकारी लीक

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२४ सिरिज नजिकिँदै गर्दा यसको बारेमा जानकारी बाहिरिलने तीव्रता पनि बढ्दै गएको छ। यसै क्रममा हालै बाहिरिएको जानकारीको पछिल्लो हिस्सा सिधै कारखानाबाट आएको जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

एउटा तस्विरमा ग्यालेक्सी एस २४ अल्ट्राको क्यामरा मोड्युल देखा परेको र कुल चार ओटा क्यामरा रहेको जनाइएको छ। साथै अघिल्लो जानकारी अनुसार, उक्त क्यामरा कम्बोमा एउटा २०० मेगापिक्सेलको मुख्य युनिट, दुई ओटा टेलिफोटोहरू (१० मेगापिक्सेल प्लस ५० मेगापिक्सेल) र एउटा अल्ट्रावाइड सूटर समावेश गरिएको उल्लेख छ। लीकहरूले सुझाव दिए अनुसार ह्यान्डसेटले २एक्स, ३एक्स, ५एक्स र १०एक्स लसलेस जुम गर्न सक्षम हुने थप उल्लेख गरिएको छ।

यद्यपी ईमेजले पार्ट नम्बरहरू सहित हार्डवेयरको छोटो विवरण मात्र खुलासा गरेकोछ।

केहि दिन अघिको एउटा रिपोर्टले फोनको एआई क्षमताहरूलाई पनि हाइलाइट गरेको थियो, जसले एस२४ अल्ट्राको क्यामरा क्षमताहरूलाई उल्लेखनीय रूपमा बुस्ट गर्ने (विशेष गरी लो–लाईट अवस्थाहरूमा) उल्लेख गरिएको छ।

समग्रमा, सन् २०२४ को सामसङको टप–टियर स्मार्टफोन एक बृहत फोटोग्राफी पावरहाउस बन्ने सम्भावनाका साथै यस सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण अपग्रेड हुन सक्ने थप जनाइएको छ।

प्रकाशित: ९ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार