Oppo

ओप्पो ए५९ को स्पेक लीक, मूल्य १८० डलर

ओप्पो ए५९ को स्पेक लीक, मूल्य १८० डलर
Global IME Bank

ओप्पो ए५९ पूर्ण स्पेसशिटको साथ अनलाइन देखा परेको छ। एक्स प्रयोगकर्ता अभिषेकएचडी अनुसार फोनले ओप्पो ए५८ लाइनअपबाट धेरै हार्डवेयरहरू जस्तै क्यामरा र ब्याट्री क्षमता लिएको छ। तर नयाँ डिभाइसमा ठूलो सुधारको रुपमा फाइभजी कनेक्टिभिटीलाई समर्थन गर्ने डाइमेन्सिटी ६०२० चिपसेट हुनेछ।

ए५९ मा ५.५६ इन्चको एलसीडी हुनेछ जसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा नोच हुनेछ। प्यानल रिजोल्युसन उल्लेख गरिएको छैन तर जीएसएमएरिनाका अनुसार ९९ हर्ज रिफ्रेस रेट हुनेछ। पछाडिका क्यामराहरुमा आधारभूत १३ मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको सेकेन्डरी हुनेछ। यो केही रेनो डिभाइसमा देखिएको सेटअप हो।

५ हजार एमएएच ब्याट्रीले ३३ वाट चार्जिङ सपोर्ट गर्छ। ८.१२ एमएम मोटाइ र १८७ ग्रामको डिभाइस अपेक्षित रुपमा पातलो हुनेछ। ओप्पो ए५९ मा कलरओएस १३.१ मा आधारित एन्ड्रोइड १३ अपरेटिङ सिस्टमले शक्ति प्रदान गर्छ।

लीकरका अनुसार फोन दुई भेरियन्ट ४ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध हुन्छ। जसको मूल्य क्रमश १८० अमेरिकी डलर र २०५ अमेरिकी डलर हुनेछ।

Sajilo Visa
easy care