नयाँ ब्याट्री प्लान्ट अमेरिकाको ओक्लाहोमामा निर्माण नगरिने पानासोनिकको भनाई

Technology Khabar ६ पुष २०८०, शुक्रबार

काठमाडौं ।

पानासोनिक होल्डिंग्सको एकाई पानासोनिक इनर्जीले बुधवारसंयुक्त राज्य अमेरिकाको नयाँ इलेक्ट्रिक भेहिकल ब्याट्री प्लान्टको लागि ओक्लाहोमा उम्मेद्वार नभएको बताएको छ।

ईभी निर्माता टेस्लाका लागि ब्याट्री सप्लायर रहेको कम्पनीले गत अप्रिल महिनामा ओक्लाहोमामा प्लान्ट निर्माण गर्ने विचार गरिरहेको र अमेरिकाको तेस्रो हुने बताएपछि कम्पनीको यो निर्णय आएको उल्लेख छ।

“होशियारीपूर्वक छलफल गरेपछि, हामीले साइटको विकासमा अगाडि नबढ्ने निर्णय गरेका छौं” पानासोनिक इनर्जीले एक विज्ञप्तिमा बताएको रोयटर्सले उल्लेख गरेको छ।

“यो निर्णयले नेभाडा वा कान्सासको हाम्रो सञ्चालनलाई भने असर गर्दैन,” विज्ञप्तिमा थप उल्लेख गरिएको छ।

कम्पनीले उच्च गुणस्तरको ब्याट्रीहरू प्रदान गर्नका लागि “संयुक्त राज्य अमेरिकामा ईभी उद्योगमा लगानी गर्न र अगाडि बढाउन दीर्घकालीन प्रतिबद्धता” गरेको छ।

प्रकाशित: ६ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया