एनसेल खरिद बिक्रीमा सांसद अमरेश कुमार सिंहको रिट हेर्न नभ्याइनेमा

  • Technology Khabar | २४ मंसिर २०८०, आईतवार
एनसेल खरिद बिक्रीमा सांसद अमरेश कुमार सिंहको रिट हेर्न नभ्याइनेमा
फाइल तस्विर

काठमाडौं ।

निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाको शेयर खरिद बिक्रीका सम्बन्धमा सांसद अमरेश कुमार सिंहले दायर गरेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ।

सांसद सिंहले गएको शुक्रबार सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र ठूला करदाता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

सो रिटको सुनुवाई पेशी आज (आइतबार) सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ। उक्त पेशी आज हेर्न नभ्याइनेमा परेको हो।

सांसद सिंहले सार्वजनिक रुपमै एनसेल आजियाटाको शेयर खरिदबिक्री सम्बन्धमा आर्थिक चलखेल भएको भन्दै विरोध गर्दै आइरहेका छन्।

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार