होन्डा एक्टिभा इलेक्ट्रिक भर्सनमा लन्च गरिने, २८० किलोमिटरको रेञ्जसहित आउने

  • Technology Khabar | २५ मंसिर २०८०, सोमबार
होन्डा एक्टिभा इलेक्ट्रिक भर्सनमा लन्च गरिने, २८० किलोमिटरको रेञ्जसहित आउने

काठमाडौं ।

होन्डा एक्टिभा होन्डाको लोकप्रिय स्कुटर मध्येको एक हो। कम्पनीले आफ्नो लोकप्रिय दुई पांग्रे होन्डा एक्टिभालाई इलेक्ट्रिक भर्सनमा लन्च गर्ने तयारी रहेको छ।

ड्राइभस्पार्कका अनुसार होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर २०२४ मा भारतमा उपलब्ध हुनेछ।

जापानी कम्पनी होन्डाले आगमी कन्ज्यूमर इलेक्ट्रोनिक शो (सीईएस) २०२४ मा इलेक्ट्रिक दुई पांग्रे सवारीको एक सिरिज पेस गर्ने तयारी गरिरहेको छ। कम्पनीले सन् २०३० सम्म ३० नयाँ इलेक्ट्रिक दुई पांग्रे लन्च गर्ने योजना बनाएको छ।

यीमध्ये केही ९ जनवरीमा सार्वजनिक गरिने सम्भावना छ। होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटरको सम्बन्धमा कम्पनीको तर्फबाट हालसम्म कुनै आधिकारिक जानकारी उपलब्ध गराइएको छैन्। तर रिपोर्ट अनुसार नयाँ इलेक्ट्रिक भर्सनमा हाल उपलब्ध आईसीई मोडलको केही डिजाइन इलिमेन्ट्स समावेश गरिनेछ।

इलेक्ट्रिक स्कुटरमा डिजिटल टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, मोबाइल कनेक्टिभिटी फिचर्स हुनेछ। साथै राइडिङ मोड, क्रूज कन्ट्रोल, म्यूजिक प्लेयर स्पीकर, रिमोट अनलक, यूएसबी चार्जर, टेलीस्कोप सस्पेन्सन, अलो ह्वील, डिस्क ब्रेकका साथै थप एडभान्स प्रविधिका साथ पेस गरिनेछ।

हालसम्म इलेक्ट्रिक स्कुटरमा प्रयोग हुने ब्याट्री र मोटरको सम्बन्ध केही जानकारी उपलब्ध छैन। यसमा पिकअप र टप स्पीडको सट्टा अधिकतम रेञ्जमा ध्यान दिइनेछ। रिपोर्टलाई विश्वास गर्ने हो भने इलेक्ट्रिक एक्टिभाले २८० किलोमिटर भन्दा अधिक रेञ्ज दिन सक्छ। यसको टप स्पीड करिब ५० किलोमिटर प्रति घण्टा हुनेछ।

होन्डा मोटरसाइकिल एण्ड स्कुटर इन्डियाले पछिल्लो महिना घरेलु बजारमा एक्टिभा लिमिटेड एडिशन स्कुटर लन्च गरेको छ। यो दुई भेरियन्ट स्ट्यान्डर्ड र स्मार्टमा उपलब्ध छ।

प्रकाशित: २५ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार