
काठमाडौं ।
किंग्स् कलेजले स्वदेशमा प्रविधीको विकासमा योगदान पुर्याउने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने बताएको छ।
अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार बर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधीको क्षेत्रमा भइरहेको द्रूत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पिढीलाई सबल बनाउने उदेश्य राखेको छ।
यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ।
यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर बास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने कलेजले विश्वास लिएको छ।
समयसान्दर्भिक शिप तथा सामर्थ्यको विकासमा सघाउने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स अफ साइन्स् इन कम्युटर साइन्स्को कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए।
उनका अनुसार ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययनअनुसन्धान गरिरहेका ब्यक्तित्वहरुले यस विषयको अध्यापन गराउनेछ।
“कम्युटर प्रविधीको क्षेत्रमा ज्ञान र शिपको नविन लहरको श्रृजना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छौं, ” पाण्डेले बताए।
आउँदो शैक्षिक शत्रदेखि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स्मा कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले बताएको छ। भने प्रविधीको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, ब्यवासयी एवं कप्युटर बैज्ञानिकहरुले यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कलेजले भविष्यमा कम्युटर साइन्स्को स्नातकोत्तर कक्षा पनि संचालन गर्ने जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८०, आईतवार