एआईको सहयोगमा नग्न फोटो र भिडियो बनाएर शेयर गरिँदै, २ करोडभन्दा बढी मानिस संलग्न

  • Technology Khabar | २४ मंसिर २०८०, आईतवार
एआईको सहयोगमा नग्न फोटो र भिडियो बनाएर शेयर गरिँदै, २ करोडभन्दा बढी मानिस संलग्न

काठमाडौं ।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा अहिले तपाई पक्कै जानकार हुनुहुन्छ होला। तपाईंले थाहा पाई वा नपाई धेरै प्रकारका एआई उपकरणहरू प्रयोग गर्नुभएको हुनुपर्छ। एकातिर एआई हाम्रो लागि फाइदाजनक छ भने अर्कोतर्फ यसका गम्भीर बेफाइदाहरू पनि छन्।  एआई गलत उद्देश्यका लागि समेत प्रयोग भइरहेको छ र यसको अनुपात दिन प्रतिदिन बढिरहेको छ।

यसैबीच एउटा गंभिर किसिमको रिपोर्ट आएको छ। ब्लूमबर्गको रिपोर्टका अनुसार पछिल्लो समय यस्ता एप र वेबसाइटको संख्या बढेको छ जसले फोटो र भिडियोबाट लुगा हटाउन एआईको प्रयोग गर्ने गर्दछन्।

एआईको सहयोगमा कपडा हटाउने सेवा प्रदान गर्ने वेबसाइटमा सेप्टेम्बर महिनामा २ करोड ४० लाख मानिसले भ्रमण गरेको ग्राफिका नामको सामाजिक सञ्जाल विश्लेषण कम्पनीले जानकारी दिएको छ। यी मध्ये धेरैजसो लोकप्रिय सामाजिक सञ्जालहरू न्यूडिफाई (Nudify) नामक सेवाको मार्केटिङका ​​लागि प्रयोग भइरहेका छन्।

गलत कामको प्रचार सामाजिक सञ्जालमा हुँदै

रिपोर्टका अनुसार फेसबुक र रेडिटमा त्यस्ता लिङ्कहरूको संख्यामा वृद्धि भएको छ जसले प्रयोगकर्ताहरूलाई फोटो र भिडियोहरूबाट लुगा हटाउन अनुमति दिन्छ। खासगरी अधिकांश सेवाहरूले महिलाको तस्बिरमा मात्र काम गर्छन्।

रिपोर्टमा भनिएको छ कि सामाजिक सञ्जालबाट गोप्यरूपमा महिलाहरुको तस्बिर अनुमति बिनानै लिईन्छ र त्यसपछि फोटोमा भएको लुगा एआईमार्फत फुकालेर शेयर गरिन्छ। त्यस्ता लिङ्कहरूको संख्या २४०० प्रतिशतले बढेको छ।

विद्यालयका बालबालिकाले पनि यसको प्रयोग गर्दै

त्यस्ता एप र वेबसाइटहरू मार्फत जो कोहीको डीपफेक पोर्नोग्राफी भिडियो बनाउन सकिन्छ। गोपनीयता विशेषज्ञहरूले एआई टेक्नोलोजीमा भएको प्रगतिका कारण डीपफेक पोर्नोग्राफीको बढ्दो पहुँचको बारेमा चेतावनी दिइरहेका छन्। इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनका साइबर सेक्युरिटी निर्देशक इभा गाल्पेरिनले यस्ता एप्स र वेबसाइटहरू हरेक दिन विद्यालयका बालबालिका र सर्वसाधारणले प्रयोग गरिरहेको बताइन्, जुन चिन्ताको विषय हो।

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार