एप्लिकेसन

एपिक गेम्सले लन्च गर्यो लेगो ‘फोर्टनाइट’ भिडियोगेम

एपिक गेम्सले लन्च गर्यो लेगो ‘फोर्टनाइट’ भिडियोगेम
Global IME Bank

“फोर्टनाइट” निर्माता एपिक गेम्सले सराभाइभल मोड भिडियोगेमको लेगो ब्रान्डेड संस्करण लन्च गरेको छ। यसका थप सुविधाहरू अर्को वर्ष प्रस्तुत गरिने दुई कम्पनीहरूले एक संयुक्त विज्ञप्तिमा बताएका छन्।

‘लेगो फोर्टनाइट’ एपिक र खेलौना निर्माता लेगो समूह बीचको साझेदारीबाट आएको “पहिलो खेल अनुभव” थियो, जसले बालबालिका र परिवारका लागि थप डिजिटल खेलहरू ल्याउने योजना बनाएको छ।

एपिक गेम्सले गत वर्ष सोनी ग्रुप कर्प र लेगो समूहको पछाडि रहेको परिवारको स्वामित्वमा रहेको होल्डिङ कम्पनीबाट २ बिलियन डलर उठाएको बताएको थियो, फोर्टनाइट क्रिएटरको मूल्य त्यस बेलामा करिब ३२ बिलियन डलर थियो।

लेगो फोर्टनाइट प्लेस्टेशन, एक्सबक्स, निन्टेन्डो स्विच, व्यक्तिगत कम्प्युटर र क्लाउड-आधारित गेमिङ स्ट्रिमिङ सेवाहरूसहित बहु प्लेटफर्महरूमा खेल्न सकिने बताईएको छ।

Sajilo Visa
easy care