लुम्बिनी प्राविधिक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण आइटीमा

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण आइटीमा

काठमाडौं ।

नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति बिद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्।

आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन्।

नेपालगन्ज रामनगरको तृष्णा बिकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताईन्।

महाराजगन्ज-४, कपिलबस्तुका ब्रिजमोहन पासी पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बी टेक इन आइटी विषयमै भर्ना भएका छन्। भविष्यमा सफ्टवेयर विकास गर्ने लक्ष्य छ गणित पढेर शिक्षक भन्ने इच्छा मारेर सफ्टवेयर विकास गर्ने लक्ष्य पूरा गर्नका लागि आइटी विषय रोजेको भनाइ उनको छ। विद्यार्थी पासीले भने, “तीनवर्षे कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा कोर्षसमेत गरेको छु यो विश्वविद्यालयमा ७५ प्रतिशत छुटमा छात्रवृत्तिमा १ नम्बरमा नाम निस्कियो घरको अवस्था अत्यन्तै कमजोर थियो, छात्रवृत्ति पाएपछि सहज भएको छ।”

विदेश जाने सोच त्यागेर बीटेक इन आइटीमा भर्ना भएको कोहलपुर नगरपालिका-४ की नर्मिला साहीले सिटिइभिटीबाट तीनवर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कोर्ष पूरा गरेको बताईन्।

राप्ती गाउँपालिका-४, मौरीघाट दाङका भेषमान कुँबरले छोरी सुष्माको इच्छा अनुसार प्रविधि क्षेत्रमा भी टेक इन लिएस एन्ड एआइमा भनी गरेको बताए।

लुम्बिनी प्रदेश सरकारको गौरबको योजना अन्तर्गत लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७२ असार १८ गते नेपालगन्जमा स्थापना भएको हो। सो विद्यालयमा आइटी अध्ययन गर्न इच्छुक विद्यालयको नाप बढ्दै गएको छ। गोरखापत्रबाट

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार