
काठमाडौं ।
जीटीए ६ वास्तविक भएको र यो सन् २०२५ मा आउने कम्पनीले जनाएको छ। लामो समयदेखि निकै प्रतिक्षा गरिएको खेलको पहिलो ट्रेलर भिडियो भने यस अघि घोषणा गरिएको भन्दा एक दिन पहिले नै लन्च गरिएको जनाइएको छ।
साथै रकस्टार गेम्सले आफ्ना सबै सामाजिक मिडिया च्यानलहरूमा भिडियो प्रकाशित गरेको छ।
लामो समयदेखि प्रतिक्षा गरिएको खेलको पहिलो भिडियो जीटीए ५ को सुरुवात भएको १० वर्षपछि र रकस्टार गेम्स स्थापना भएको २५ वर्षपछि आएको जनाइएको छ।
मोडर्न–डे भाइस सिटीमा सेटअप रहेको यो खेलमा अमेरिकाको मियामी बीच र फ्लोरिडा राज्यको रियल–लाईफसँग धेरै समानता देख्न सकिने उल्लेख गरिएको छ।
यस खेलमा ‘लुसिया’ मुख्य पात्र मध्ये एक भएको र जीटीए इतिहासमा नै पहिलो पटक यो एक महिला चरित्र भएको जनाइएको छ। उनी आफ्नो पार्टनर जेसनसँग भिडियोमा देखिएकी छिन्, जसको नाम रकस्टारले अझै पनि पुष्टि नगरेको तर विगतमा धेरै पटक लीक भइसकेको उल्लेख गरिएको छ।
भिडियोमा लस सान्तोसमा धेरै सवारी साधनहरू देखिएका छन् र यसले स्पष्ट रूपमा दुबै खेलहरू एउटै ब्रह्माण्डमा सेट गरिएको बताइएको छ। साथै यसको ग्राफिक्स पनि अन्य कुनै ग्रान्ड थेफ्ट अटो गेमको जस्तो नहुने उल्लेख छ। आधा भन्दा धेरै भिडियोको सर्ट क्लिपहरू टिकटक–प्रकारको सोसल मिडियाबाट भएको हुनाले ग्राफिक्स कस्तो छ भन्ने जानकारी छैन्।
यो गेम सबैभन्दा पहिले प्लेस्टेसन ५ र एक्सबक्स एक्स-एस मा आउने रकस्टारको मूल कम्पनी टेक–टु ले एक प्रेस विज्ञप्तिमा खुलासा गरेको छ।
सन् २०२५ मा लन्चिङ्गका लागि सटिक मिति उपलब्ध नभएपनि केही अफवाहहरूका अनुसार सन् २०२५ को अप्रिल १ तारिखमा गेम लन्चिङ्ग हुने सुझाव दिएको छ।
प्रकाशित: २० मंसिर २०८०, बुधबार