एनसेलको शेयर खरिद बिक्री बारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बुधबार बस्दै

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
एनसेलको शेयर खरिद बिक्री बारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बुधबार बस्दै

काठमाडौं ।

एनसेलको शेयर खरिदबिक्रीबारे छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले बैठक आह्वान गरेको छ।

बुधबार दिउँसो २ बजेका लागि लेखा समितिको सत्रौं बैठक बस्ने तय भएको छ। उक्त बैठकमा एनसेलको खरिद बिक्री बारेमा प्रारम्भिक छलफल गर्न लागिएको हो।

एनसेलको ८० प्रतिशत शेयर आजियाटाले बेलायती कम्पनीलाई बेचेको छ।आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरको मूल्यमा बिक्री गरेको छ। जसमा ६ महिनाभित्र करिब ५ मिलियन डलर दिनुपर्नेछ भने बाँकी ४८ महिनाभित्र बाँकी ४५ मिलियन डलर भुक्तानी गर्नेछ। यस बाहेक अन्य दायित्वहरु समेत शेयर किनेको नयाँ कम्पनीले सकार्नुपर्ने उल्लेख छ।

यसैबीच विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा कानुनी प्रक्रिया मिचिएको वा कर छली भएको हुनसक्ने आशंका गर्दै लेखा समितिले यसबारे छलफल गर्न लागेको हो।

समितिका सचिव एकराम गिरिकाअनुसार यसअघि एनसेलको शेयर खरिद बिक्रीको बारेमा ९ ओटा प्रश्नहरु विभिन्न नियामक निकायहरुलाई सोधेर जवाफ माग गरेको थियो। त्यसको जवाफको बारेमा पनि समिति बैठकमा छलफल हुने बताईएको छ।

सम्बन्धित समाचार-

एनसेलको सेयर किनबेच बारेमा लेखा समितिले सरोकारवाला निकायहरुसँग माग्यो नौ प्रश्नको जवाफ

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार