टिकटकमाथि सरकारी प्रतिबन्ध विरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
टिकटकमाथि सरकारी प्रतिबन्ध विरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं ।

सरकारले टिकटक प्रतिबन्ध लगाएको विरुद्ध परेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा रिटहरुमा सुनुवाइका लागि पेशी तोकिएको थियो। तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

टिकटक प्रतिबन्ध विरुद्धको रिट निवेदनहरु माथि सुनुवाइ गर्दै यसअघि मंसिर ५ गते सर्वोच्चका न्यायाधिश विनोद शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तोकेको थियो।

न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ गतेभित्र टिकटक माथि प्रतिबन्ध लगाउनुको कारणसहितको लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो।

टिकटक प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका छन्। सबै रिटलाई एकै सूचीमा राखेर सुनुवाई गरिएको छ।

२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसमा सामाजिक सदभाव खलल पुर्याएको हुँदा बन्द गरिएको सरकारले जिकिर गर्दै आएको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार