एनसेलको लाभकर सम्बन्धी मुद्दाको सुनुवाई आज स्थगित

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
एनसेलको लाभकर सम्बन्धी मुद्दाको सुनुवाई आज स्थगित

काठमाडौं ।

सर्वोच्च अदालतमा आजका लागि तोकिएको एनसेल आजियाटाको लाभकर सम्बन्धी मुद्दाको पेशी सूची आज मंगलबार स्थगितमा परेको छ।

एनसेलले पूँजीगत लाभकर निर्धारणमा चित्त नबुझेको भन्दै उक्त मुद्दा सरकारी निकायहरु विरुद्ध दायर गरेको हो।

मलेसियन समूह आजियाटा ग्रुप बर्हादले स्वीडीस टेलिकम कम्पनी टेलियासोनेरासँग एनसेलको सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ठुला करदाता कार्यालय ललितपुरले एनसेलका विरुद्ध लाभकर निर्धारण गरेको थियो।

एनसेलले ५७ अर्ब लाभकर तिर्नुपर्ने भनी निर्धारण गरिएकोमा सो लाभकरमा चित्त नबुझाएर एनसेलले आन्तरिक राजश्व विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन दिएको थियो तर पछि ठुला करदाता कार्यालयकै निर्णय सदर भएको थियो।

सोही विषयलाई लिएर एनसेल सर्वोच्चमा पुगेको थियो। एनसेलले २०७७ पुस २३ गते र सोही विषयमा अर्को मुद्दा पुस २६ गते सर्वोच्च अदालतमा दायर गरेको थियो।

मुद्दामा आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालयसहितलाई विपक्षी बनाईएको छ।

यस बाहेक एनसेल सोहि विषयमा अन्तर्राष्ट्रिय मध्यस्थतामा पनि गएको थियो। र सो मुद्दामा सुनुवाई हुँदा नेपाल सरकारको पक्षमा निर्णय भएको थियो।

आज सोही मुद्दाको सुनुवाईको लागि पेशी मिति तोकिएको थियो। आजको मुद्दा महान्यायाधिवक्ताको कार्यालयबाट स्थगीत गरिएको अदालतको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार