Technology Khabar १९ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
वनप्लस १२ लाई आधिकारिकरुपमा आज मंगलबार घोषणा गरिने तालिका रहेको छ। साथै प्रोमो तस्बिरहरू र पछिल्लो पटक लीक भएका फोटोहरूका अनुसार वनप्लस १२ मा आफ्नो पूर्ववर्तीको जस्तै क्यामरा डिजाइन रहने छ।
यसै क्रममा अब नयाँ फ्ल्यागशिपमा ५,४०० एमएएच (मिलिअम्पियर–आवर) क्षमताको ब्याट्री फिचर गरिने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ। यसले गर्दा नयाँ ‘वनप्लस १२’ वनप्लस स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हुने उल्लेख छ।
साथै फोनले १०० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्ने जनाइएको छ। साथै उक्त वायरलेस चार्जिङ फिचर वनप्लस ११ मा समावेश नगरिएको र अब वनप्लस १२ मा भने यो फिचरले पुनरागमन गर्ने भएको हो ।
वनप्लस १२ कम्पनीद्वारा यस महिना घोषणा गरिने एक मात्र स्मार्टफोन भने नहुन सक्छ। यस बाहेक मोडल नम्बर सीपीएच२६०९ भएको अर्को एक डिभाइस सीक्यूसी (चाइना क्वालिटी सर्टिफिकेशन सेन्टर) र आईएमडीए– सिंगापुरको मिडिया र सञ्चार नियामकमा प्रमाणित गरिएको उल्लेख छ। साथै उक्त मोडल क्यामरा एफभी५ मा पछाडिको क्यामरा सेटअपमा ५० मेगापिक्सेल प्लस ५० मेगापिक्सेल प्लस ८ मेगापिक्सेल र १६ मेगापिक्सेल सेल्फी शूटरको साथ देखा परेको छ।
साथै उक्त मोडल वनप्लस १२आर हुन सक्ने अपेक्षा गरिएको छ भने डिभाइसले १०० वाट वायर्ड चार्जिङलाई समर्थन गर्नेछ।
फोनको ग्लोबल लन्च आगामी जनवरी २३ तारिखमा भारतबाट शुरु हुने भएको छ।
प्रकाशित: १९ मंसिर २०८०, मंगलवार