नासाको ३३ वर्ष पुरानो हबल टेलिस्कोपमा आयो समस्या, ‘साइन्स अपरेशन’ रोकियो

  • Technology Khabar | १८ मंसिर २०८०, सोमबार
नासाको ३३ वर्ष पुरानो हबल टेलिस्कोपमा आयो समस्या, ‘साइन्स अपरेशन’ रोकियो

काठमाडौं ।

३३ वर्षदेखि ब्रह्माण्डको खोजी गरिरहेको नासाको हबल स्पेस टेलिस्कोप समस्यामा परेको छ। हबल टेलिस्कोप आफ्नो जाइरोस्कोपमा त्रुटिका कारण सुरक्षित मोडमा गएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यो एउटा त्रुटि बाहेक हबलको ‘स्वास्थ्य’ राम्रो रहेको बताएको छ।

सन् १९९० मा प्रक्षेपण गरिएको यो टेलिस्कोपले अन्तरिक्षमा रहँदा ब्रह्माण्डका हजारौं तस्बिर खिचेको छ, जसको माध्यमबाट वैज्ञानिकहरूले धेरै महत्त्वपूर्ण जानकारी पाएका छन् । नासाले २०२१ मा हबलको उत्तराधिकारीको रूपमा जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरेपनि हबलको आवश्यकता कायमै छ।

रिपोर्टका अनुसार नोभेम्बर २३ मा हबल टेलिस्कोप स्वतः सेफ मोडमा गयो, किनभने यसको तीन जाइरोस्कोप्स मध्ये एउटाले गलत रिडिंग दिइरहेको थियो। तीनओटै जाइरोस्कोपको काम हबलको टर्न रेट नाप्नु हो। यो हबलको लागि आवश्यक प्रक्रिया हो। यसले टेलिस्कोपले सही दिशामा फोकस गरिरहेको सुनिश्चित गर्दछ।

यो सुरक्षित मोडमा प्रवेश गरेसँगै हबलको विज्ञान कार्यहरू रोकिएको छ र टेलिस्कोपले अब नयाँ निर्देशनहरू पर्खिरहेको छ। यद्यपि यो पहिलो पटक सुरक्षित मोडमा गएको होइन।

रिपोर्टका अनुसार नोभेम्बर १३ मा पनि यस्तै भएको थियो तर टेलिस्कोप सञ्चालन गर्ने टोलीले स्पेसक्राफ्ट ‘रिकभर’ गरेको थियो। नोभेम्बर २१ मा, ‘हबल’ फेरि सुरक्षित मोडमा गयो। त्यो त्रुटि दोस्रो पटक फिक्स गरियो। नोभेम्बर २३ मा भएको कमजोरी अहिलेसम्म जारी छ।

हबलको उपलब्धिहरूको बारेमा कुरा गर्दै, यसले अहिलेसम्मकै सबैभन्दा ठूलो नजिकको इन्फ्रारेड फोटो खिचेको छ, जुन यस वर्ष वैज्ञानिकहरूको टोलीद्वारा जारी गरिएको थियो। नियर-इन्फ्रारेड भनेको खगोलविद्हरूले सबैभन्दा टाढाको आकाशगंगाहरू पनि पत्ता लगाउन सक्छन्। अहिलेसम्म यति ठूलो तस्बिर जमिनबाट मात्रै प्राप्त गर्न सकिन्थ्यो।

प्रकाशित: १८ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार