सबै आईफोन १६ मोडलहरूमा एक्सन बटन समावेश गरिने

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
सबै आईफोन १६ मोडलहरूमा एक्सन बटन समावेश गरिने

काठमाडौं ।

एप्पलले नन्–प्रो आईफोनहरूलाई प्रो मोडलहरूबाट फरक देखाउने आफ्नो परम्परालाई निरन्तरता दिने क्रमलाई जारी नै राखेको छ। गत वर्ष, कम्पनीले आईफोन १४ प्रोमा डायनामिक आइल्याण्ड प्रस्तुत गरेको थियो। त्यसैगरी यस वर्षको नन–प्रो आईफोन १५ मा पनि डायनामिक आइल्याण्ड समावेश गरिएको थियो।

कुपर्टिनो–बेस्ड टेक जायन्टले पछिल्लो जेनरेशन आईफोन १५ प्रो भेरियन्टहरूमा नयाँ एक्सन बटनद्वारा म्यूट स्विचलाई प्रतिस्थापन गरेको छ। यद्यपि, यसलाई नन–प्रो मोडलहरूमा भने समावेश गरिएको छैन्। यसै क्रममा अब नयाँ रिपोर्टले सुझाव दिएअनुसार अर्को वर्षको आईफोन १६ सिरिजमा एक्सन बटन मुख्य हुनेछ।

सबै आईफोन १६ मोडलहरूमा एक्सन बटन

म्याकरुमर्सको रिपोर्टअनुसार एप्पलले स्ट्याण्डर्ड, प्लस, प्रो, र प्रो म्याक्स भेरियन्टहरू सहित सबै चार आईफोन १६ सिरिज डिभाइसहरूमा एक्सन बटन प्रस्तुत गर्नेछ। साथै कम्पनीले थप फिचर थपेर बटनलाई अझै थप शक्तिशाली बनाउने काम पनि गरिरहेको उल्लेख छ। त्यसका साथै एप्पलले मेकानिकल स्विचको सट्टा बटनलाई क्यापेसिटिभ बनाउने उल्लेख गरेको छ।

त्यसैगरी यसले पुराना आईफोनहरूको टच आईडी र म्याकबुकहरूको फोर्स टच ट्र्याकप्याडले जस्तै फोर्स सेन्सर फिडब्याकको साथ काम गर्नेछ। विकास अन्तर्गत रहेको उक्त परिमार्जन गरिएको एक्सन बटनको कोडनाम एटलस राखिएको छ।

त्यस बाहेक, एप्पलले आईफोन १६ मा विभिन्न आकारका एक्सन बटनहरू प्रयोग गरिरहेको र जसमा केही डिजाइनहरूमा आईफोन १५ प्रो मोडलहरू भन्दा ठूला बटनहरू भएको जनाइएको छ।

एक्सन बटनका साथै आईफोन १६ लाइनअपको लागि योजना गरिएको नयाँ क्यापेसिटिभ क्याप्चर बटन पनि रहने रिपोर्टमा थप उल्लेख छ। साथै चौथो पुस्ताको आईफोन एसईमा पनि एक्शन बटन फिचर गरिने अफवाह रहेको छ। यसले भविष्यका आईफोन मोडलहरूमा म्यूट स्विचलाई पूर्णरूपमा अन्त्य गर्ने संभावना रहेको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार