
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताएकी छन्।
नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताईन्।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै उनले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताईन् ।
सल्यान, दाङ, रुकुमलगायत जिल्लाका लागि जीवनरेखाको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक बर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिईन्।
प्रकाशित: १६ मंसिर २०८०, शनिबार