एनसेलको सेयर बेचेर बाहिरिने आजियाटाको निर्णय विरुद्धको रिटमा अदालतले दुबै पक्षसँग छलफल गर्ने

Technology Khabar १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

एनसेलको सेयर बेचेर बाहिरिने घोषणा गरेको आजियाटाको निर्णय विरुद्धको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

न्यायाधीश दीपेन्द्र अधिकारीको शुक्रबारको एकल इजलासले आगामी मंसिर २५ गते आजियाटा र निवेदक पक्षलाई छलफलका लागि बोलाएको हो।

गोकुलबहादुर रोकायले एनसेलको सेयर बेचेर बाहिरने आजियाटा घोषणा विरुद्ध अन्तरीम आदेश माग गर्दै निवेदन दिएका थिए।

गत बुधबार आजियाटाले एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने घोषणा गरेको थियो।

रोकायाको निवेदनको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अविक्ताहरु अतिस कार्की र कमल कोइरालाले बहस गरेका थिए।

यसमा के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिमको आवदेश किन जारी हनु नपर्ने हो? निवेदन माग बमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित निवेदश र विपक्षीहरुलाई मंसिर २५ गते छलफलका लागि पेशी तोकिएको छ।

मंसिर २५ गतेको दुबै पक्षको छलफल सुनेर अदालतले अन्तरिम आदेश हुने/नहुने सम्बन्धमा निर्णय लिनेछ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया