बजार सुधार भएसँगै सामसङले स्मार्टफोनमा राखिने क्यामराको मूल्य बढायो

  • Technology Khabar | १५ मंसिर २०८०, शुक्रबार
बजार सुधार भएसँगै सामसङले स्मार्टफोनमा राखिने क्यामराको मूल्य बढायो

काठमाडौं ।

सामसङले आफ्नो हार्डवेयर साझेदारहरूलाई सीआईएस (क्यामरा इमेज सेन्सर) कम्पोनेन्टको मूल्य वृद्धिको बारेमा सूचित गरेको छ। आगामी वर्षदेखि कोरियाली टेक जायन्टले केही कम्पोनेन्टको मूल्य २५ प्रतिशत र अन्यको ३० प्रतिशत सम्म बढाउने भएको हो।

संसारको सबैभन्दा ठूलो सीएमओएस सेन्सर निर्माताहरू मध्ये एक कोरियाली फर्म सामसङको दुई वर्षमा पहिलो पटक अर्डरमा उच्च वृद्धि हुन लागेको जनाइएको छ। विगत दुई वर्षदेखि सुस्त रहेको विश्वव्यापी स्मार्टफोन बजारले अन्ततः केही सकारात्मक देखिन थालेको हुनाले सामसङले मूल्य बढाउन पर्याप्त विश्वस्त महसुस गरेको उल्लेख छ।

मूल्यवृद्धिले मुख्यतया हाई–रिजोल्युसन सेन्सरहरू, ३२ मेगापिक्सेल र त्यस माथिकालाई असर गर्ने बताईएको छ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s high-tech FDI surges in first 8 months of 2026

  • Technology Khabar
  • १५ मंसिर २०८०, शुक्रबार