भारतीय राइड हेलिङ्ग ओला क्याब प्रयोगकर्ताको एपमा यूपीआई पेमेन्ट फिचर उपलब्ध हुने

  • Technology Khabar | १६ मंसिर २०८०, शनिबार
भारतीय राइड हेलिङ्ग ओला क्याब प्रयोगकर्ताको एपमा यूपीआई पेमेन्ट फिचर उपलब्ध हुने

काठमाडौं ।

भारतीय राइड हेलिङ्ग ओलाले आफ्नो क्याब (ट्याक्सी) प्रयोगकर्ताका लागि नयाँ फिचर प्रस्तुत गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो क्याबमा यात्रा गर्ने यात्रीलाई ड्राइभरलाई सिँधै नगद भुक्तानी गर्नुका सट्टा यूपीआई एपको माध्यमबाट भाडा तिर्न सकिने सुविधा प्रदान गर्दैछ।

ओलाका सीईओ भाविश अग्रवालले सोशल मिडियामा पोस्ट गर्दै प्रयोगकर्ता एपका माध्यमबाट यूपीआई मार्फत भुक्तानी गर्न सक्ने बताएका छन्। यसबाट ड्राइभरले तुरुन्त भुक्तानी प्राप्त गर्न सक्छन्। यो सुविधाको सुरुवात बेंगलुरु र त्यसपछि भारतको अन्य क्षेत्रमा सुरु हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

क्याब सर्भिसको सबैभन्दा ठूलो समस्या अनलाईन लेनदेन रहेको छ। जसको हल कम्पनी गर्न गइरहेको छ।

कम्पनीका अनुसार ओलाका उपभोक्तासँग भुक्तानी गर्न ड्राइभरको एपमा देखिने क्यूआर स्क्यान गर्ने विकल्प पनि हुनेछ। यसबाट यात्रा गरेपछि सिँधै ड्राइभरको बैंक खातामा भुक्तानी हुनेछ।

यसबाट ड्राइभरले ओलोबाट पैसा प्राप्त गर्न पर्खिनु पर्दैन। पछिल्लो समय ओलाले आफ्नो एपमा नियमित रुपमा नयाँ सेवा उपलब्ध गराइरहेको छ। भर्खरै ओलाले आफ्नो एपका माध्यमबाट फूड डेलिभरी सर्भिसेज उपलब्ध गराउनका लागि ओएनडीसीसँग टाईअप गरेको थियो।

यसका साथै ओला इलेक्ट्रिक स्कुटर पनि यस एपका माध्यमबाट किन्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ। अब कम्पनी यात्रीको सुविधाका लागि यूपीआई सुविधा सुरु गर्न गइरहेको छ। यसबाट यात्रीले लाभ प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ।

हाल ओला क्याब प्रयोगकर्ताले नगद, ओला मनी, क्रेडिट वा डेबिट कार्ड र ओला मनी पोस्टपेडका माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ। अब उपभोक्ताले सिँधै भुक्तानी गर्न पाउने विकल्प छिट्टै प्राप्त गर्नेछन्।

कम्पनीका प्रमुख भाविश अग्रवालले पोस्टमा लेखेका छन्, ‘तपाई ड्राइभरलाई सिँधै ओला एपका माध्यमबाट भुक्तानी गर्नका लागि यूपीआईको प्रयोग गर्न सक्षम हुनु हुनेछ।’ जस्तै दैनिक यूपीआईको प्रयोग दैनिक भुक्तानीका लागि गरिन्छ।

उनी थप बताउँछन् कि यदि तपाई स्क्यान गर्न चहानु हुन्छ भने ड्राइभरको एपमा क्यूआर कोड देखिनेछ, त्यसमा पनि भुक्तानी गर्न सकिन्छ। यो अर्को हप्ताको अन्त्यमा बेंगलुरुमा र डिसेम्बरको अन्त्यसम्म राष्ट्रियस्तर पर लाइभ हुनेछ।

प्रकाशित: १६ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार