एआई च्याटबट च्याटजीपीटीको एक वर्ष पूरा

  • Technology Khabar | १५ मंसिर २०८०, शुक्रबार
एआई च्याटबट च्याटजीपीटीको एक वर्ष पूरा

काठमाडौं ।

प्रविधिको दुनियाँमा तहल्का मचाएको ओपनएआईको च्याटजीपीटी लन्च भएको एक वर्ष पुरा भएको छ। ओपनएआईले पहिलो पटक २०२२ नोभेम्बर ३० मा च्याटजीपीटी लन्च गरेको थियो।

लन्च भएको छोटो समयमा च्याटजीपीटी इन्टरनेट प्रयोगकर्ताका बीच लोकप्रिय बन्न पुग्यो।

च्याटजीपी प्रयोगमा आएको एक महिनाको अवधि २०२३ जनवरीमा यसका सक्रिय मासिक प्रयोगकर्ता एक सय मिलियन पुगिसकेका थिए।

तुलनात्मक रूपमा टिकटकलाई यहाँ पुग्न नौ महिना र इन्स्टाग्राममा केही परिवर्तनको साथ दुई वर्ष भन्दा बढी समय लागेको थियो। नोभेम्बर २०२३ सम्म च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता एक सय मिलियन रहेको साम अल्टम्यानले ओपनएआई डेभडे सम्मेलनका दौरान पुष्टि गरेका थिए।

च्याटजीपीटीको सफलताको पछाडिको मुख्य श्रेय मानिसले संवाद गरेझैं प्रश्नको उत्तर दिने विधिलाई दिइन्छ।

अधिकतम इन्टरनेट प्रयोगकर्ताले पछिल्लो समय कुनै जानकारीका लागि गुगलमा सर्च गर्नु भन्दा पनि च्याटजीपी प्रयोग गर्न रुचाउँछन्।

च्याटजीपीटीले प्रयोगकर्ताको हरेक जिग्यासाको उत्तर मानिसको संवाद शैलीमा दिन्छ। यहाँ सूचना प्रविधिदेखि पौराणीक विषयको जानकारी प्रयोगकर्ताको चहाना अनुरुप प्राप्त गर्न सकिन्छ।

पछिल्लो समय च्याटजीपीटी विद्यालयको गृहकार्य गर्न, थेसिस लेख्न, परीक्षा दिन, कोडिङ गर्न लगायत धेरै विषयमा प्रयोग हुन थाल्यो। विद्यार्थीहरुले आफ्नो कार्य च्याटजीपीटीका माध्यमबाट गरेको भन्दै केही विद्यालय तथा क्याम्पसहरुले च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध पनि गरेका थिए।

च्याटजीपीटी निःशुल्क र सःशुल्क प्रयोग गर्न सकिन्छ। निःशुल्क च्याटजीपीटी भर्सनमा केही सिमिता छ भने सःशुल्क भर्सनमा असिमित प्रयोग, नयाँ फिचर्स, उत्कृष्ट सपोर्ट रहेको छ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार