एप्पलले फाइभजी मोडेमको विकासलाई छोड्ने रिपोर्टको दाबी

Technology Khabar १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

एप्पल आफ्नो इन–हाउस फाइभजी मोडेम विकास गर्न लामो समयदेखि कठिन बाटोमा रहेको र कम्पनीको उक्त प्रयास सही दिशातर्फ अघि बढ्न नसकेको जस्तो देखिएको छ।

दक्षिण कोरियाली प्लेटफर्म नेभरको एक नयाँ पोस्टअनुसार कम्पनीले परियोजनालाई पूर्णरूपमा खारेज गर्ने तयारी गरिरहेको उल्लेख छ।

यसमा कम्पनीले आफ्नो मोडेम विकास विभागमा लगानीको पुनर्संरचना गर्ने प्रक्रियामा रहेको एप्पलको नजिकको आपूर्ति श्रृंखला स्रोतहरूलाई उदृत गर्दै भनिएको छ।

त्यसैगरी जापानी आपूर्ति श्रृंखला स्रोतहरूबाट पनि समान रिपोर्टहरू एप्पल लीक्सको लागि विश्वसनीय ट्र्याक रेकर्ड भएको टिपस्टर टेक-रेभले उल्लेख गरेका छन्।

गत सेप्टेम्बरमा एप्पलले क्वालकमसँगको फाइभजी मोडेम सम्झौतालाई सन् २०२६ सम्मका लागि विस्तार गरेको जनाइएको छ। अहिलेसम्म एप्पलका सबै डिभाइसहरूमा क्वालकमले निर्माण गरेको मोडेमहरू प्रयोग गरिएका छन्।

कुपर्टिनो सन् २०२६ सम्ममा आफ्नो इन–हाउस डेभलप्ड फाइभजी मोडेममा सर्ने अपेक्षा गरिएतापनि अब उक्त विकास असम्भव देखिएको उल्लेख छ। त्यसैगरी सन् २०३० मा म्याद सकिने क्वालकमले लिएको मोडेम प्याटेन्टलाई लिएर एप्पल कानूनी समस्यामा परेकोसमेत बताईएको छ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया