इन्टरनेट सेवा प्रदायक हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज

  • Technology Khabar | १४ मंसिर २०८०, बिहीबार
इन्टरनेट सेवा प्रदायक हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले गोरखा स्थित हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ।

कम्पनीले इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र नविकरण गर्न नचाहेपछि स्वतः खारेज भएको हो। कम्पनी दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०७९ माघ १२ देखि स्वतः खारेज भएको जनाएको छ।

यसका साथै त्यस कम्पनीले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा सुचना जारी भएको मितिले ३० दिन भित्र कार्यालयमा सम्पर्क गरेर भुक्तानी गर्न भनेको छ। अन्यथा प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाईने सूचनामा उल्लेख छ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार