वानप्लस १२ विश्वव्यापी रुपमा जनवरी २४ मा लन्च हुने

  • Technology Khabar | १४ मंसिर २०८०, बिहीबार
वानप्लस १२ विश्वव्यापी रुपमा जनवरी २४ मा लन्च हुने

काठमाडौं ।

वानप्लस १२ चिनियाँ बजारमा डिसेम्बर ५ मा घोषणा हुनेछ। यद्यपि विश्वव्यापी लन्च भने २०२४ जनवरी २४ का लागि तय गरिएको गिजचाइनाले उल्लेख गरेको छ।

कम्पनीले भर्खरै जारी गरेका छोटो टिजर भिडियोले वानप्लस १२ को डिजाइनमा झलक प्रदान गर्दछ। यसलाई विश्वव्यापी उपभोक्तालाई संलग्न गराउने र आगामी डिभाइसको वरिपरि बज सिर्जना गर्न वानप्लसको रणनीतिक प्रयासको रुपमा लिइएको छ।

मार्केटिङ अभियानको भागको रूपमा वानप्लसले प्रमुख क्षेत्रहरूको लागि सपोर्ट पेज रोल आउट गरेको छ। यस क्षेत्रहरुमा युरोप, अमेरिका र भारत रहेका छन्। यी पेजले अभियान टाइमलाइनमा इनसाइट प्रदान गर्दछ। यसले नोभेम्बर २७ र जनवरी २३ बीचमा मार्केटिङ गतिविधिहरू प्रकट हुने संकेत गर्दछ। उल्लेखनीय रूपमा, वानप्लस इन्डिया पेजले जनवरी २३ ‘वानप्लस १२ लन्च कार्यक्रमको अघिल्लो दिन“ हो भनेर सुझाव दिन्छ। यसबाट वानप्लस १२ जनवरी २४ मा विश्वव्यापी रुपमा सार्वजनिक हुने विश्वास गर्न सकिन्छ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १४ मंसिर २०८०, बिहीबार