
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स बजारमा आएपछि कम्पनीहरूले पनि अब एआईमा दक्ष व्यक्तिलाई काममा लगाउन चाहन्छन्। तर, अहिले निकै कम मानिसलाई एआईको ज्ञान छ।
यसैलाई ध्यानमा राख्दै इ-कमर्स वेबसाइट अमेजनले २०२५ सम्ममा विश्वभरका २० लाख मानिसहरूलाई नि:शुल्क एआई सीप तालिम र शिक्षा प्रदान गर्न नयाँ पहल ‘एआई रेडी’ सुरु गर्ने घोषणा गरेको छ।
सो कार्यक्रमले ८ नि:शुल्क एआई र जेनेरेटिभ एआई पाठ्यक्रमहरू सहित विभिन्न स्रोतहरू प्रदान गर्नेछ। यसका साथै कम्पनीले विभिन्न शैक्षिक प्लेटफर्महरूसँग छात्रवृत्ति र सहकार्य पनि गर्नेछ। यसको अर्थ कम्पनीले कलेजमा अध्ययनरत बालबालिकालाई एआईको ट्रिक्स पनि सिकाउनेछ।
अमेजन जस्तै गुगलले पनि एआई कोर्समा तालिम दिइरहेको छ।
फाइनान्सियल एक्सप्रेसको रिपोर्टकाअनुसार ‘एआई रेडी’ कार्यस्थलमा एआई सीपहरूको बढ्दो मागको प्रतिक्रिया हो। एडब्लुएस अध्ययनले पत्ता लगायो कि ७३ प्रतिशत रोजगारदाताहरुले एआई कौशल भएका कामदारहरू खोजिरहेका छन् र एआई दक्षता भएका कामदारहरूले उनीहरूको गैर-एआई समकक्षीहरू भन्दा ४७ प्रतिशत बढी तलब कमाउन सक्छन्।
यसको मतलब एआईमा दक्ष व्यक्तिहरूले आम मानिसको तुलनामा तलब पाउने सम्भावना ४७ प्रतिशत बढी हुन्छ।
एडब्लुएसमा डाटा र एआईका उपाध्यक्ष स्वामी शिवसुब्रमण्यमले भने, “एआई हाम्रो पुस्ताको सबैभन्दा परिवर्तनकारी प्रविधि हो। यदि हामी विश्वको सबैभन्दा चुनौतीपूर्ण समस्याहरू समाधान गर्न एआईको पूर्ण क्षमता प्रयोग गर्न चाहन्छौं भने, हामीले एआई शिक्षालाई सिक्न चाहने जो कोहीलाई पहुँचयोग्य बनाउन आवश्यक छ।”
अमेजनको “एआई रेडी” पहलले वर्तमान पेशेवर व्यक्तिहरूलाई र आगामी पुस्ता दुवैलाई लक्षित गरेर मद्दत गर्ने उद्देश्य राख्छ। वर्तमान पेशेवरहरूका लागि, कार्यक्रमले ८ नयाँ एआई पाठ्यक्रमहरू निःशुल्क उपलब्ध गराउनेछ।
यस एआई रेडी कार्यक्रममा आधारभूतदेखि उन्नत र व्यवसायिक लिडरहरूका साथै प्राविधिकहरूसम्म सबैका लागि पाठ्यक्रमहरू रहेका छन्। यी पाठ्यक्रमहरूले ८० प्लस नि:शुल्क र कम लागतमा एआई र जेनेरेटिभ एआई पाठ्यक्रमहरू र एडब्लुएसमार्फत मानिसलाई प्रदान गरिएका स्रोतहरू विस्तार गर्छन्।
कम्पनीले पाठ्यक्रमका लागि १२ करोड डलर लगानी गर्दै
अमेजन र अमेजन वेब सर्भिसेज (एडब्लुएस) ले विश्वव्यापी रूपमा ५० हजार उच्च विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति, नि:शुल्क पाठ्यक्रमहरू र कोडिङ कार्यक्रमहरू उपलब्ध गराउन १२ मिलियनभन्दा बढी लगानी गरिरहेका छन्।
कम्पनीको लक्ष्य एआई र क्लाउड कम्प्युटिङको बारेमा सिक्नमा पिछडिएका र कम प्रतिनिधित्व भएका समुदायहरूलाई सहयोग गर्ने हो।
यस पहलमा जेनेरेजिट एआईमा नि:शुल्क युडासिटी पाठ्यक्रम, कोड डट ओआरजीसँगको सहकार्यमा आवर अफ कोड डान्स पार्टीः एआई संस्करण भनिने कोडिङ कार्यक्रम, र २०२५ सम्ममा लाखौं मानिसहरूलाई क्लाउड कम्प्युटिङ सीप तालिम प्रदान गर्ने प्रतिबद्धता समावेश छ।
प्रकाशित: १० मंसिर २०८०, आईतवार