भारतमा इ-स्प्रिन्टोको दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, सुरुवाती मूल्य ५४ हजार ९९९ भारु

  • Technology Khabar | ९ मंसिर २०८०, शनिबार
भारतमा इ-स्प्रिन्टोको दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, सुरुवाती मूल्य ५४ हजार ९९९ भारु

काठमाडौं ।

भारतीय इलेक्ट्रिक दुई पांग्रे निर्माता इ-स्प्रिन्टोले दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो स्कुटर रेपो र रोमी भारतीय बजारमा सार्वजनिक गरेको हो।

रेपोको शुरुवाती मूल्य ५४ हजार ९९९ भारु र रोमीको शुरुवाती मूल्य ६२ हजार ९९९ भारु (एक्स शोरुम) तोकिएको छ।

रेपो र रोमी इलेक्ट्रिक स्कुटर दैनिक उपयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ।

इ-स्प्रिन्टो रेपोले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्छ। यस इलेक्ट्रिक स्कुटरमा लिथियम÷लिड एसिड ब्याट्री प्याक दिइएको छ। यसमा २५० वाटको पीएलडीसी हब मोटर छ। यो मोटर आईपी६५ वाटरप्रूफ रेटिङमा आउँछ। रेपो स्कुटरको लम्बाई १८४० एमएम, चौडाई ७२० एमएम, उचाई ११५० एमएम र ग्राउण्ड क्लियरेनसउ १७० एमएम छ।

इ-स्कुटरको अधिकतम उच्च गति २५ किलोमिटर प्रति घण्टा छ। रेपोको गति कम भएकाले यसलाई भारतमा चलाउन लाइसेन्स र पंजीकरण आवश्यक नभएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

इ-स्प्रिन्टो रोमी इलेक्ट्रिक स्कुटरको लम्बाई १८०० एमएम, चौडाई ७१० एमएम, उचाई ११२० एमएम र ग्राउण्ड क्यिरेनस १७० एमएम छ। यसमा पोर्टेबल अटो कट अफ चार्जका साथ लिथियम/लिड ब्याट्रीको विकल्प दिइएको छ।

इ-स्कुटर २५०वाट बीएलडीसी हब मोटर, आईपीसी६५ वाटरप्रुफ रेटिङमा उपलब्ध छ। २५ किलोमिटर अधिकतम गतिमा चल्ने मोटरसाइकलले फुल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्छ।

इ-स्प्रिन्टोको दुबै मोडलमा समान फिचर्स दिइएको छ। जसमा रिमोट लक/अनलक, रिमोट स्टार्ट, इन्जिन किल स्विच/चाइल्ड लक/पार्किङ मोड र यूएसबीमा आधारित मोबाइल चार्जिङ, डिजिटल कलर डिस्प्ले लगायत छन्।

प्रकाशित: ९ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार