नेपाल इलेक्ट्रिक कारको आयात दुई गुणा भन्दा बढीले बढ्यो, चार महिना २ हजार ७८७ ईभी भित्रियो

Technology Khabar ९ मंसिर २०८०, शनिबार

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक कारको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक कारको आयात दुई गुणा भन्दा बढीले बढेको देखिन्छ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ६ अर्ब ८३ लाख २७ लाख ५० हजार रुपैयाँ बराबरको २ हजार ७८७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को कार्तिक मसान्तसम्म २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरको १ हजार १८ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो।

गत वर्षको सोही अवधिको तुलनामा इलेक्ट्रिक कारको आयात ३ अर्ब ९६ करोड ९१ लाख ८८ हजार रुपैयाँ अर्थात १३८.६१ प्रतिशतले बढेको छ।

यस्तै इलेक्ट्रिक कारको आयात १ हजार ७६९ यूनिटले बढेको छ।

इलेक्ट्रिक कारको आयातबाट सरकारले २ अर्ब ९६ करोड ६९ लाख ८ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

नेपालमा सबैभन्दा ठूलो परिणाममा ५१ देखि १०० किलोवाट मोटर क्षमताको इलेक्ट्रिक कार आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। उक्त मोटर क्षमता इलेक्ट्रिक कार ४ अर्ब ३० करोड ३२ लाख ४२ हजार रुपैयाँ बराबरको १ हजार ४८१ यूनिट आयात भएको छ।

५० किलोवाट मोटर क्षमताका इलेक्ट्रिक कार २ अर्ब ३९ करोड ४१ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार २७९ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यस्तै १०१ देखि २०० किलोवाट क्षमताका इलेक्ट्रिक कार ६ करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको १७ यूनिट र २०१ देखि ३०० किलोवाट क्षमताको ६ करोड ८७ लाख ७३ हजार रुपैयाँ बराबरको १० यूनिट आयात भएको छ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी र अमेरिकाबाट इलेक्ट्रिक कार आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चीनबाट ४ अर्ब ४६ करोड ९२ लाख ७६ हजार रुपैयाँ बराबरको १ हजार ५७४ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

भारतबाट २ अर्ब ३७ करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको १ हजार ८६१ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ९९ लाख ६८ हजार रुपैयाँ बराबरको १२ यूनिट इलेक्ट्रिक कार आएको छ।

दक्षिण कोरियाबाट १ करोड ४२ लाख ८८ हजार रुपैयाँ बराबरको तीन यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

अमेरिकाबाट १ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ३ यूनिट र जर्मनीबाट १ करोड १२ लाख १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक कार आएको छ।

प्रकाशित: ९ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया