
काठमाडौं ।
नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ‘एनी ईभी एक्सचेञ्ज अफर’ ल्याएको छ। यस अफर अन्तर्गत कुनै पनि ब्राण्डको पुरानो ईभी स्कुटर वा मोटरसाइकलसँग प्योर ईभीका स्कुटर एक्सचेञ्ज गर्न सकिन्छ।
कम्पनीले पुरानो ईभीमा न्यूनतम ३५ हजार रुपैयाँ मूल्यांकन प्रदान गर्ने जनाएको छ। यस अफर कम्पनीका नेपालभर रहेका सम्पूर्ण शोरुमा उपलब्ध छ।
प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार