
काठमाडौं ।
ठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ (New Year offer 2075) उपलब्ध गराउने भएको छ । सो अफर २०७५ बैशाख १ गतेदेखि लागू हुने र बैशाख १५ गते सम्म लिन सकिने टेलिकमले जानकारी दिएको छ ।
यस्तो छ टेलिकमको नयाँ वर्षको अफरहरु-
१. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२. अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।
३. एडीएसएल भोलुम बेस्ड (ADSL Volum based) प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
४. एडीएसएल अनलिमिटेड (Unlimited) प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।
एडीएसएल अफर ९० दिनसम्म लिन सकिने बतार्इएको छ।
विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ ।
प्रकाशित: ३० चैत्र २०७४, शुक्रबार