Technology Khabar ६ मंसिर २०८०, बुधबार
काठमाडौं ।
एप्पलले आगामी वर्षहरूमा आफ्नो म्याकबुक र आईप्याड लाइनअपहरू ओएलईडी स्क्रिनहरूमा ट्रान्जिसन गर्ने योजना बनाएको छ।
साथै ईटी न्यूजको नयाँ रिपोर्टले पनि अर्को पुस्ताको आईप्याड मिनीका बारेमा केही थप जानकारीहरु दिएको छ।
रिपोर्टका अनुसार, एप्पलले सन् २०२६ मा आफ्नो सातौं–जेन आईप्याड मिनी र आईप्याड एयर मोडलहरूमा सिंगल–स्ट्याक एलटीपीएस ओएलईडी स्क्रिनहरू प्रस्तुत गर्ने भएको छ।
विशेष गरी आईप्याड मिनीले पनि हालको ८.३ इन्चको वर्तमान मोडलको तुलनामा ठूलो ८.७–इन्च स्क्रिन प्राप्त गर्ने अपेक्षा गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
एप्पलले सन् २०२४ आईप्याड प्रो ११ इन्च र १३ इन्च मोडलहरूको साथ आईप्याड लाइनमा ओएलईडी स्क्रिनहरूमा यसको ट्रान्जिसन सुरु गर्ने अफवाह रहेको छ। साथै प्रो आईप्याडहरू एलटीपीओ प्यानलहरूका साथ आउने अपेक्षा गरिएको छ भने मिनी र एयर डिभाइसहरूमा एलटीपीएस ओएलईडी रहने उल्लेख गरिएको छ।
प्रकाशित: ६ मंसिर २०८०, बुधबार