एप्पल आईफोन १४ प्रयोगकर्ताका लागि एसओएस सेवा थप २ वर्षसम्म निःशुल्क

  • Technology Khabar | ३ मंसिर २०८०, आईतवार
एप्पल आईफोन १४ प्रयोगकर्ताका लागि एसओएस सेवा थप २ वर्षसम्म निःशुल्क

काठमाडौं ।

एप्पलले गतसाता घोषणा गर्दै कम्पनीले आईफोन १४ प्रयोगकर्ताहरूलाई थप २ वर्षको लागि नि:शुल्क आफ्नो आपतकालीन एसओएस सुविधा उपलब्ध गराउने बताएको छ। कम्पनीका सीईओ टिम कुकले एक एक्सपोस्टमा यो जानकारी दिएका हुन्।

कम्पनीले आईफोन १४ सँग इमर्जेन्सी एसओएस फिचर लन्च गरेको हो। इमर्जेन्सी एसओएस सेवा के हो भन्ने थाहा नभएकाहरूका लागि वास्तवमा यो सेवा मार्फत एप्पलले समस्यामा परेका व्यक्तिहरूलाई फाइण्डमाइ (FindMy) एप मार्फत आफ्नो स्थान पठाउन र आईमेसेजमार्फत सन्देश पठाउन अनुमति दिन्छ। यो सुविधाले समस्यामा परेका मानिसहरूको जीवन बचाउने काम गर्दछ।

एप्पलको इमर्जेन्सी एसओएस सेवा सुरुमा अमेरिका र क्यानडामा सुरु भएको थियो। यसपछि कम्पनीले यसलाई अन्य १६ देशमा विस्तार गरेको छ। तर, यो सेवा नेपाललगायत अन्य कयौं देशहरुमा अझै उपलब्ध छैन।

एप्पलका विश्वव्यापी आईफोन उत्पादन मार्केटिङका ​​उपाध्यक्ष केएन ड्रान्सले स्याटेलाइट मार्फत आपतकालीन एसओएसले संसारभरमा जीवन बचाउन मद्दत गरेको बताए। “अमेरिकामा लस एन्जलसको ४०० फिटको चट्टानबाट आफ्नो कार खसेपछि उद्धार गरिएका एक व्यक्तिबाट इटालीको एपेनिन पर्वतमा हराएका हाइकरहरूसम्म, हामी हाम्रा ग्राहकहरूका कथाहरू सुनिरहन्छौं जो आपतकालीन प्रतिक्रियाकर्ताहरूसँग सम्पर्क गर्न सक्षम छन्। यदि तिनीहरू कुनै अन्य उपकरणमा थिए भने तिनीहरूले यो गर्न सक्षम हुने थिएनन्।” उनले भने।

आईफोन १४ र आईफोन १५ प्रयोगकर्ताहरूले थप दुई वर्षसम्म यो अभूतपूर्व सेवा नि:शुल्क प्राप्त गर्न पाउँदा कम्पनी निकै खुसी भएको उनले बताए।

हाल एप्पलले इमर्जेन्सी एसओएस सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ तर आगामी दिनमा कम्पनीले यसको शुल्क लिन थाल्नेछ। यसको अर्थ यो सेवाले सदस्यता मोडेलमा काम गर्नेछ। आइफोन १४ बाहेक कम्पनीको पछिल्लो नयाँ मोडलमा पनि २ वर्षसम्म यो सेवा जनताले पाउनेछन्।

प्रकाशित: ३ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...