
काठमाडौं ।
संसारभर इलेक्ट्रिक कारको बढ्दो मागसँगै विभिन्न अटोमोबाइल कम्पनी यस सेगमेन्टमा प्रवेश गरिरहेका छन्। पछिल्लो समय इलेक्ट्रिक कारको उत्पादन र बिक्री बढ्दो क्रममा छ।
इलेक्ट्रिक कारको सबैभन्दा ठूलो चुनौती भनेको चार्ज गर्दा धेरै समय लाग्ने र ड्राइभिङ रेञ्ज कम हुनु हो। तर केही इलेक्ट्रिक कारले भने सुपरफास्ट चार्जिङ सपोर्ट गर्छ।
धेरै रेञ्ज भएका इलेक्ट्रिक कार

पोर्श टायकन प्लसः जर्मनीको स्पोर्ट्स कार निर्माता कम्पनी पोर्शको पहिलो इलेक्ट्रिक कारको रुपमा पोर्श टाइकन प्लन रहेको छ। यो कार उत्कृष्ट र आधुनिक फिचर्सबाट सुसज्जित छ। यो कारले एक घण्टाको डीसी चार्जिङबाट १ हजार किलोमिटर रेञ्ज प्रदान गर्छ।
कारमा १०.९ इन्च इन्फोटेनमेन्ट सिस्टम र क्लाइमेट कन्ट्रोल्सका लागि सेन्टर कन्सोलमा थर्ड भर्टिकल स्टेकड डिस्प्ले दिइएको छ। यसका साथै कारमा ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एडजस्टेशल स्पोर्ट सीट, ७१० वाट को १४ स्पीकर बोश साउन्ड सिस्टम छ।

किया ईभी६ लङ रेञ्ज २डब्ल्यूडीः कियाको ईभी६ लङ रेञ्ज २डब्ल्यूडी सर्वाधिक रेञ्ज प्रदान गर्ने कार मध्ये एक हो। यो कारले एक घण्टाको डीसी चार्जिङबाट १ हजार ४६ किलोमिटर रेञ्ज प्रदान गर्छ।
कारमा इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रीन इन्फोटेनमेन्टका लागि ड्यूल कर्व्ड १२.३ इन्च डिस्प्ले, १४ स्पीकर मेरिडियन साउन्ड सिस्टम, वायरलेस फोन चार्जिङ, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड र पावर्ड फ्रन्ट सिट र सनरुप लगायत फिचर्स छ।

मर्सिडिज ईक्यूएस ५८० ४म्याटिकः लग्जरी कार निर्माता मर्सिडिजको ईक्यूएस ५८० ४म्याटिक एक घण्टाको डीसी चार्जिङबाट ७८८ किलोमिटर रेञ्ज प्रदान गर्छ।
कारमा ५६ इन्च एमबीयूएक्स हाइपरस्क्रीन, डिजिटल ड्राइभर डिस्प्ले, इन्फोटेनमेन्ट सिस्टम, एम्बिएन्ट लाइटिङ, मल्टी जोन क्लाइमेट कन्ट्रोल, ग्लास सनरुफ, मसाज फंक्सनका लागि भेन्टिलेटेड फ्रन्ट सिट, ७ इन्च रियर सीट ट्याबलेट छ।

टेस्ला मोडल ३ः टेस्लाको मोडल ३ इलेक्ट्रिक करले एक घण्टाको डीसी चाजिङबाट ९१५ किलोमिटरको रेञ्ज प्रदान गर्छ। टेस्लाको इलेक्ट्रिक कार ३.७ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्षम छ।
यस कारमा १५ इन्चको ट्याबलेट जस्तो डिस्प्ले रहेको छ जसमा धेरै कन्ट्रोल्स फिचर्स छ। यसका साथै १२ वे एडजस्टेबल र हीटेड फ्रन्ट र रियर सीट, प्यानोरमिक ग्लास रुप, ड्यूल जोन क्लाइमेट कन्ट्रोल र वायरलेस चार्जिङ लगायत फिचर्स छन्।

हुन्डाई आयोनिक लङ रेञ्ज २डब्ल्यूडीः हुन्डाईको यो एक सुपरफास्ट चार्जिङ इलेक्ट्रिक कार हो। कारले एक घण्टाको डीसी चार्जिङबाट ९३३ किलोमिटर रेञ्ज प्रदान गर्छ।
कारमा मल्टी फंक्सन स्टेयरिङ ह्वील, पावर एडजस्टेबल एक्सटिरियर रियर भ्यू मिरर, टचस्क्रीन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, अलो ह्वील, फग लाइट्स–फ्रन्ट, पावर विन्डो रियर, पवार विन्डो फ्रन्ट, प्यासेन्जर एयरब्याग लगायत फिचर्स छन्।
प्रकाशित: २ मंसिर २०८०, शनिबार