माछापुच्छ्रे बैंकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

  • Technology Khabar | २७ चैत्र २०७४, मंगलवार
माछापुच्छ्रे बैंकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

यहि चैत २४ गते एक कार्यक्रमका विच बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पिडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यसै गरी चैत २६ गते एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । दुबै संस्थालाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले चेक हस्तान्तरण गरेका थिए ।

बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...