भारतको तेस्रो अपरेटर भीआईद्वारा दुई शहरमा फाइभजी सेवा लाइभ

  • Technology Khabar | २८ कार्तिक २०८०, मंगलवार
भारतको तेस्रो अपरेटर भीआईद्वारा दुई शहरमा फाइभजी सेवा लाइभ

काठमाडौं ।

छिमेकी देश भारतका भोडाफोन-आइडियाका ग्राहकहरूका लागि खुसीको खबर छ। कम्पनीले भारतको दिल्ली र पुणेका केही क्षेत्रमा ५जी सेवा सुरु गरेको छ। यो जानकारी कम्पनीको आधिकारिक वेबसाइटमा दिइएको छ।

यद्यपि, भोडाफोन आइडियाले अहिलेसम्म त्यस्तो कुनै आधिकारिक बयान जारी गरेको छैन। वेबसाइटकाअनुसार प्रयोगकर्ताहरूले फाइभजी रेडी सिमको सहायताले उच्च गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

भारतीय मोबाइल कांग्रेसको सातौं संस्करणमा भोडाफोन आइडियाका प्रवर्तक कुमार मंगलम बिर्लाले गत वर्ष भोडाफोन आइडियाको टोलीले फाइभजीको प्रक्षेपणका लागि कोर नेटवर्कमा धेरै काम गरेको र आगामी त्रैमासिकमा कम्पनीले फाइभजी रोलआउटका लागि महत्त्वपूर्ण लगानी गर्ने जानकारी दिएका थिए।

भोडाफोन आइडियाको प्रयोगकर्ता आधार लगातार घट्दै गएको छ किनभने कम्पनीले एयरटेल र जियोको तुलनामा ५जी सेवा समयमै सुरू गर्न सकेको छैन्।भारतीय नियामक ट्राईको तथ्याङ्क अनुसार जुलाई २०२३ मा भीआई ग्राहकहरूको संख्या २२.८ करोड थियो।

भर्खरै सम्पन्न आईएमसी २०२३ मा, भोडाफोन आइडियाले आईओटी, ५जी, क्लाउड र भीआई सी-डट आईओटी ल्याब, स्मार्ट कनेक्टिभिटी टेस्ट बेड, भीआर गेम्सलगायतका अन्य प्रविधिहरू प्रदर्शन गरेको थियो। भीआईद्वारा प्रदर्शित यी समाधानहरू प्रायः फाइभजी नेटवर्कमा आधारित हुन्छन्।

प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार