एप्पलले आईफोनको लागि इन–हाउस ईमेज सिग्नल प्रोसेसर विकास गर्दै

  • Technology Khabar | २९ कार्तिक २०८०, बुधबार
एप्पलले आईफोनको लागि इन–हाउस ईमेज सिग्नल प्रोसेसर विकास गर्दै

काठमाडौं ।

एप्पलले आईफोनको क्यामरा क्षमताहरू सुधार गर्नका लागि भनेर इन–हाउस ईमेज सिग्नल प्रोसेसर (आईएसपी) को विकास गरिरहेको छ। चिनियाँ टिपस्टरले एप्पलले आफ्नै आईएसपी डिजाइनको मूल्याङ्कन गरिरहेको दाबी गरेका छन्।

कस्टम–डिजाइन गरिएको यो चिप सन् २०२६ को दोस्रो भागमा मास प्रोडक्सनमा प्रवेश गर्ने अपेक्षा गरिएको छ भने यसलाई टीएसएमसीले निर्माण गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

जानकारीको लागि, आईएसपीले स्मार्टफोन फोटोग्राफीमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। यसले क्यामरा सेन्सरद्वारा खिचिएको रअ ईमेज डाटालाई प्रोसेस गरेर भेरियस एक्सन्स (विभिन्न कार्यहरू) पर्फर्मिङ्ग गरेर तिनीहरूलाई उच्च गुणस्तरको तस्बिरमा परिणत गर्ने गर्दछ।

उक्त भेरियस एक्सन्समा एचडीआर प्रोसेसिङ, एक्सपोजर समायोजन, ईमेज शार्पनिङ, डेमोसेसिङ, नोइज रिडक्सन, ह्वाइट ब्यालेन्स करेक्सन, लेन्स डिस्टर्सन करेक्सनका साथै अन्य थप समावेश रहने उल्लेख गरिएको छ।

हाल, एप्पल आफ्नो आईफोनहरूको लागि सोनीको आईएसपीहरूमा निर्भर गर्ने गरेको छ। यद्यपि, इन–हाउस आईएसपीको साथ एप्पलसँग इमेजिङ पाइपलाइनमा ठूलो नियन्त्रण हुनुका साथै विशेषरूपमा आफ्नो डिभाइसहरूको लागि अनुकूलन गर्न सक्नेछ।

एप्पल हार्डवेयरको विकासको लागि आफ्नो सावधानीपूर्वक अप्रोचको लागि परिचित रहेको हुनाले यस नयाँ आईएसपीलाई कम्पनीको क्यामरा प्रविधिको लागि महत्त्वपूर्ण कदम हुने अपेक्षा गर्न सक्छौं।

प्रकाशित: २९ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ कार्तिक २०८०, बुधबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २९ कार्तिक २०८०, बुधबार

NOC from Nagarik App

  • २९ कार्तिक २०८०, बुधबार

E-pension verification system launched

  • २९ कार्तिक २०८०, बुधबार