ताजा समाचार

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने
Global IME Bank

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत् सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस मेसिनमा एक हजार रूपैयाँ वा सो भन्दा बढीको कम्तीमा तीन वटा कारोबारमा तीन सय वा ५ वटा कारोबारमा पाँच सय रूपैयाँ क्यासब्याक पाउनेछन्।

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाईटिकासम्म रहेको छ।

यसैगरी, बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाई टिकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्युआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा तीन सय रूपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ।

Sajilo Visa
easy care