
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तिहारका लागि भुक्तानी सेवा प्रदायक वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ। राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएको हो।
यो व्यवस्थासँगै वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिन्छ। सीमा बढाउनु अघि वालेटमा दैनिक १० पटकसम्म रकम जम्मा गर्न सकिन्थ्यो।
यो सुविधा कार्तिक २४ देखि मंसिर ३ गतेसम्मका लागि उपलब्ध भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार