Technology Khabar १९ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
क्वालकमका सीईओ क्रिस्टियानो आमोनले सामसङ ग्यालेक्सी एस २४ सिरिजमा स्न्यापड्रागन ८ जेन ३ र एक्सिनोस २४०० चिपसेटहरू गरी दुवै फिचर हुने रिपोर्टहरूको पुष्टि गरेका छन्।
‘क्वालकमसँग ग्यालेक्सी एस२४ सिरिजको बहुसंख्यक बजार हिस्सा हुनेछ, जुन चाँडै आउँदैछ’ अर्निङ रिपोर्ट कन्फरेन्स (आय रिपोर्ट सम्मेलन) कलमा बोल्दै क्रिस्टियानो आमोनले बताए।
तसर्थ ग्यालेक्सी एस२४ अल्ट्राले विशेष रूपमा स्न्यापड्रागन ८ जेन ३ (फर ग्यालेक्सी) प्रयोग गर्ने रिपोर्टहरू सत्य भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
ग्यालेक्सी एस अल्ट्रा सबैभन्दा धेरै कमाउने एस सिरिजको फोन भएको र यसले उत्तर अमेरिकी एस २४ इकाइहरू पनि स्न्यापड्रागन ८ जेन ३–संचालित भएको रिपोर्ट गर्छ। साथै सोही रिपोर्टहरूले कोरियाली र युरोपेली ग्यालेक्सी एस २४ र एस २४ प्लसमा भने एक्सिनोस २४०० को फिचरलाई औंल्याएको उल्लेख गरिएको छ।
त्यसका साथै सामसङले स्न्यापड्रागन ८ जेन ३ चिपसेटद्वारा पावर्ड (संचालित) हुने ग्यालेक्सी एस२४ अल्ट्राको आईएसओसेल जुम एनिप्लेस टेक पनि टिज गरेको उल्लेख छ।
प्रकाशित: १९ कार्तिक २०८०, आईतवार