
काठमाडौं ।
एप्पलले आफ्नो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीले सेप्टेम्बर ३० मा समाप्त हुने अवधिको लागि सार्वजनिक गरेको चौथो त्रैमासिकको उक्त वित्तीय परिणामहरूअनुसार कुल राजस्व ८९.५ बिलियन अमेरिकी डलर र २२.९ बिलियन अमेरिकी डलर नाफा भएको विवरण साझा गरेको छ।
यद्यपी राजस्व संख्या गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले घटेको छ भने खुद आम्दानी वार्षिक आधारमा १० प्रतिशतले बढेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
पछिल्लो पुस्ताका आईफोनहरूले नेट बिक्रीमा ४३.८ बिलियन अमेरिकी डलर वा क्युपर्टिनोको कुल त्रैमासिक राजस्वको लगभग ४९ प्रतिशत योगदान पुर्याएको छ। साथै एप्पल म्युजिक, टिभीप्लस र आईक्लाउड जस्ता सेवाहरू समावेश रहेका
जबकि सर्भिस सेक्टर (सेवा क्षेत्र) ले राजस्वमा नयाँ सर्वकालीन उच्च २२.३ बिलियन अमेरिकी डलरको योगदान पुर्याएको उल्लेख छ। एप्पलको बाँकी प्रोडक्ट इकोसिस्टमलाई हेर्दा म्याक्स, आईप्याड र वेयरेबल्सका साथै म्याक कम्प्यूटर्सको बिक्रीमा ५१ प्रतिशत गिरावट देखिएको र शुद्ध बिक्रीमा गिरावट आएको छ।
त्यसैगरी ४०.१ बिलियन अमेरिकी डलरको शुद्ध बिक्रीका साथ अमेरिका एप्पलको सबैभन्दा बलियो बजार बनेको र त्यसपछि युरोप (२२.५ बिलियन अमेरिकी डलर) र चीन (१५.१ बिलियन अमेरिकी डलर) रहेको जनाइएको छ।
प्रकाशित: १८ कार्तिक २०८०, शनिबार