सञ्चारको पहुँच बाहिर स्याङ्गजाको पेल्काचौर गाउँ, चार सय परिवार समस्यामा

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

सञ्चारको पहुँच बाहिर स्याङ्गजाको पेल्काचौर गाउँ, चार सय परिवार समस्यामा
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

सूचना एवम् प्रबिधिले निकै फड्को मारेको पाचौँ जेनेरेसनको अवस्थामा आईपुगेको सञ्चार जगत् कुनै ठाउँ यस्ता पनि छन् जहाँ सञ्चारबिहिन बन्न पुगेका छन्। त्यसैको उदाहरणको रुपमा रहेको छ, स्याङजाको पुतलीबजार-१२ पेल्काचौर जहाँ अहिलेसम्म टेलिकमको टावर पुगेको छैन ।

यो समस्या सुन्दर रमणिय ठाउँ स्याङ्जाको पुतलीबजार-१२ पेल्काचौरको हो। यहाँ चार सयभन्दा बढी स्थानीयको बसोवास छ । सदरमुकाम निकट रहेपनी अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा यहाँका स्थानीय संचार जगत्‌बाट पछाडी परेका छन्।

सदरमुकामको पुतलीबजार नगरपालिका– १२ पेल्काचौरका चार सयभन्दा धेरै परिवार समस्यामा छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीका लागी बिदेश गएका स्थानीयहरु परिवारबिच सूचना आदान प्रदान तथा कल सेवा, ईन्टरनेट सेवा लिनवाट वञ्चित भएका छन् भने नेटवर्क टिपाउन चौतारी तथा अग्लो पडाडमा जानुपर्ने बाध्यता छ।

कसैसँग कुरा गर्नु पर्यो भने अग्लो पहाड, रुख वा अग्लो ठाउँमा रहेको चौतारोमा पुग्नुपर्ने अवस्थामा रहेको स्थानीय प्रकाश अर्यालको गुनासो छ।जिल्ला सदरमुकाम नजिकै अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा पेल्काचौरका स्थानीय सञ्चारको उपभोगबाट पछाडि पर्नु परेको उनको भनाइ छ।

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गाउँभर नै हुन सकेको छैन भने एनसेलको सिम पनि गाउँमा चल्दैन्।

नेटवर्क व्यवस्थापनका लागि प्रदेश तथा संघमा समन्वय गरी तीन वर्ष अगाडि टेलिकमबाट प्राविधिक टोली आई निरीक्षणको काम गरेपनि टावर निर्माण हुन नसकेको पुतलीबजार–१२ का वडाअध्यक्ष गन्जसीङ गुरुङको भनाइ छ। स्थानीयलाई सञ्चारको सुविधा पुर्याउनका लागि आफूहरुको पहल रहदै आएको उनको भनाइ छ।

यसको उचित पहल गरी सूचना संचार सेवा प्रदान गर्नु सम्बन्धित निकायको दायित्व भएको भन्दै बेलैमा यसको उचित कार्यान्वयनका लागी पेल्काचौरबासीको माग रहेको छ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया