सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

  • Technology Khabar | १७ कार्तिक २०८०, शुक्रबार
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौं ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरेका छन्।

अमेरिका भ्रमणका क्रममा उहाँले अमेरिकालगायत विश्वभर आइटी पेसामा संलग्न नेपाली नागरिकसँग छलफल गर्दै यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका हुन्। उनले नेपालमा सूचना प्रविधि क्षेत्रको प्रगति तथा विकासमा नेपाली–अमेरिकी व्यवसायीको योगदानका बारेमा चर्चा गरे।

मन्त्री साउदले नेपालमा राजनीतिक स्थायित्व र सूचना प्रविधि क्षेत्रलाई विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। नेपालमा गुणस्तरीय रोजगारी सिर्जना गर्न र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुयाउनुपर्ने भन्दै उनले सूचना प्रबिधि कम्पनीहरूलाई नेपालमा लगानीका लागि बातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

यसैबिच मन्त्री साउदले बासिस्टन डिसीस्थित युएस चेम्बर अफ कमर्सको कार्यक्रममा सहभागिता जनाएका छन्।

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए।

कार्यक्रममा एमच्याम नेपालका अध्यक्ष शाहले एम्चामले नेपालमा जनशक्तिको सीप विकाश लगायतमा काम गर्ने योजना रहेको जानकारी दिए।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार